setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

फागुन २३, २०८२, शनिवार
कांग्रेसका सन्तोष सुब्बा

कांग्रेसका सन्तोष सुब्बा

फागुन २३ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्। सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर विजयी भएका हुन्। सुब्बाले ११५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १०६८२ मत प्राप्त गरेका छन्। २०७९ को प्रतिनिधिसभा चुनावमा सीता गुरुङ विजय भएकी थिइन् । यससँगै कांग्रेसले अहिलेसम्म पाँच सिट जितेको छ। यसअघि मनाङ, मुस्ताङ, रसुवा र दैलेख १ मा जित हासिल गरेको थियो।