setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

पाथीभरा क्षेत्र विकास समितिद्वारा पूर्व मन्त्री,पत्रकार र समाजसेवी सम्मानित

भदौ २, २०८२, सोमवार
पाथीभरा क्षेत्र विकास समितिले प्रदान गरेको सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्वहरु ।

पाथीभरा क्षेत्र विकास समितिले प्रदान गरेको सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्वहरु ।

भदौ १ गते । पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बुसहित आधा दर्जन व्यक्तित्वहरु आइतबार सम्मानित भएका छन् । पाथीभरा क्षेत्र विकास समितिद्धारा आयोजित सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रममा पत्रकार महासँघ जिल्ला शाखा पूर्व अध्यक्ष अधिकारी र रेडियो तमोरका स्टेशन मेनेजरलाई सम्मान गरेको हो । पाथीभरा देवीको प्रचार प्रसारमा योगदान गरेवापत सम्मान गरेको हो । समितिले पाथीभरा क्षेत्र विकास समिति स्थापना, विभिन्न माध्यमबाट पाथीभराको प्रबर्द्धन र विकासमा सहयोग पु¥याउनेलाई सम्मान गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

सम्मान ग्रहण गर्दै पूर्व मन्त्री मणि लामा

सम्मान ग्रहण गर्दै पूर्व मन्त्री मणि लामा

यसैगरि पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा,पुण्य प्रसाद पौडेललाई सम्मान गरेको छ। त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा सङ्गीतकार अनिल खड्का र फोटोग्राफर हर्कराज गुरुङ पनि सम्मानित भएका छन् । खड्काले पाथीभराका दर्जनौ भजन सृजना गरेका छन् । पाथीभराको पोस्टर प्रकाशन गरेर प्रचार प्रसार गरेका कारण गुरुङलाई सम्मान गरेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संस्थाको रुपमा सम्मान गरेको छ ।

सम्मान ग्रहण गर्दै पत्रकार कृष्ण फुरुम्बो

सम्मान ग्रहण गर्दै पत्रकार कृष्ण फुरुम्बो

सम्मान ग्रहण गर्दै प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतम

सम्मान ग्रहण गर्दै प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतम

सम्मान ग्रहण गर्दै पुण्य प्रसाद पौडेल

सम्मान ग्रहण गर्दै पुण्य प्रसाद पौडेल

सम्मानित हुनेलाई दोसल्ला साथै कदरपत्र प्रदान गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरू उठाएका थिए । कार्यक्रमको सुरुवातमा समितिका सदस्य शम्भु प्रसाद गौतमले स्वागत मन्तव्यसहित समितिको कार्यसम्पादनबारे संक्षिप्त धारणा व्यक्त गरे । कार्यकारी निर्देशक हाङवाङले आ.व. २०८१/८२ गरेको आय व्ययसहित विवरण प्रस्तुत गरे ।

पाथीभराको महत्व  झल्कने फोटो र जानकारी समेटिएको पुस्तक विमोचन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य योगेश भटराईसहित अथितिहरु ।

पाथीभराको महत्व झल्कने फोटो र जानकारी समेटिएको पुस्तक विमोचन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य योगेश भटराईसहित अथितिहरु ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबे ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबे ।

सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।