setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने

साउन १०, २०८२, शनिवार

साउन १० गते । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो। अवार्डको आयोजनाका लागि आज आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धि सम्झौता भयो। संझौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे।

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’

विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको संझौता थप गरेको हो।सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैंया बराबरको प्रायोजन गर्नेछ। मञ्चका अध्यक्ष अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए। ‘काठमाडौँ बाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो । सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकुल बनेपछि यसपालीको स्पोर्ट्स पोखरा लान सफल भयौं’-अध्यक्ष अधिकारीले भने । -Hamro Khelkud