setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) उम्मेदवार नरपति पौडेल भन्छन्,‘कसैसँग गठबन्धन गर्दैनौ ।’

माघ १४, २०८२, बुधवार
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) ताप्लेजुङका उम्मेद्वार नरपति पौडेल

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) ताप्लेजुङका उम्मेद्वार नरपति पौडेल

माघ १४ गते । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) ताप्लेजुङका उम्मेद्वार हुन्, नरपति पौडेल । पौडेल उम्मेदवार बनेको पार्टी नेत्र विक्रम चन्द नेतृत्वको हो । पार्टीका लागि यो पहिलो चुनाव हो । ६१ वर्षीय पौडेल फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतदाता भेट्न गाउँघरमा छन् । उनले चुनावी अभियान खेजेनिमबाट सुरु गरेका छन् । खेजेनिम फक्ताङलुङ गाउँपालिका २ नं. वडा हो । पौडेलले भने,‘चुनावी घोषणापत्र बुधबार सदरमुकाम आइपुग्छ । बाँकी ठाउँमा घोषणापत्रसहित जान्छौ ।’ उनले थपे,‘चुनावी अभियान गाउँबाटै सुरु गरे । हाम्रो सबैतिर संगठन छ । पहिलो चुनावी अनुभव हो । पार्टीको एजेण्डा बोकेर चुनावमा गएका छौ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल सुन्दा राम्रो छ । तर नेतृत्व भ्रष्ट छ । दलाली व्यवहार झन झाँगिदै गयो । तसर्थ चुनाव जितेपछि संविधान संसोधन गर्छौ ।’ पौडेलका अनुसार गाउँमा खासै चुनाव रौनक छैन् । तर भेटिएका मतदाता मतदान गर्न उत्साही नै छन् । उनका अनुसार मतदाताले भोट दिन्छौ भन्छन् । यद्यपी चुनावको नतिजा आएपछि मात्र थाहा हुन्छ । पार्टीले घरदैलो अभियानलाई प्राथमिकता दिएको छ । केन्द्रिय नेता ल्याउने तय भएको छैन् । तर छलफल बाँकी छ । उनले भने,‘हामी कसैसँग गठबन्धन गर्दैनौ । हाम्रो साझा निर्णय हो ।’ ९ वटा स्थानिय तहअन्तर्गत ६१ वटा वडामा मत माग्न पुग्ने पार्टीको लक्ष्य छ । तर कसरी भ्याउने भन्ने चिन्ता छ । फक्ताङलुङ गाउँपालिकामा अलैची खेती छ । तर सिँचाई अभाव छ । पार्टीले महत्वको साथ जनताको मुद्धा बनाएको छ । गाउँपालिकाभित्र थुप्रै हाइड्रोपावर कम्पनी सञ्चालन छन् । तर कम्पनीको सामाजिक उत्तरदायित्वको रकम वितरण चित्तबुझ्दो छैन् ।