setoveda logo
८ वैशाख २०८३, मङ्गलवार

चितवनमा रवि लामिछानेले बनाए ३६ हजार बढीको मतान्तर

फागुन २३, २०८२, शनिवार
रवि लामिछाने

रवि लामिछाने

फागुन २३ गते । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई ३६ हजार १४५ मतले पछि पारेका छन्। पछिल्लो मत परिणाम अनुसार ७९ हजार ४४७ मत गणना गर्दा रविले ४९ हजार ४८० मत ल्याएका छन्। कांग्रेसकी मिनाले १३ हजार ३३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६५०४ मत ल्याएका छन्। तीन वर्षअघि यो क्षेत्रमा रविले जितेका थिए। त्यो बेला उनले ५४ हजार बढी मत पाएका थिए।